काठमाडाैं– पछिल्लो २४ घण्टामा देशभर थप ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण गरिएकाे थियाे।
गत २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै थप ५६ जनामा संक्रमण पुष्टि भएको छ। यता काठमाडौंका ३९, ललितपुरका १४ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै देशभर हालसम्म ७६६ सक्रिय संक्रमित रहेका छन्। बुधबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६०५ पुगेको छ।
गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।