काठमाडाैं– कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले पहिले नै लगाएको खोप खुलकाे छ।
वासिङ्टन पाेष्टका अनुसार ट्रम्प दम्पतीले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाए थिए।
चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएपनि याे कुरा भने अहिलेसम्म गुपचुप राखिएकाे समाचारमा जनाइएकाे छ।
'राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोनाविरुद्धको खोप लगाउनुभएको थियो,' उनका सल्लाहकारले भने ।
उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिएको थियो। उनले मास्क, स्यानिटाइजर प्रयाेग गर्न नपर्ने र सामाजिक दुरीसमेत कायम गर्न नपर्ने लगायतका धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।