काठमाडाैं– सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहकाे निधन भएकाे छ । 
९० वर्षे सिंहकाे मंगलबार साँझ ७ बजे काठमाडाैं चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएकाे हाे। 
केही समयदेखि विरामी रहेका उनकाे उपचारका क्रममा निधन भएकाे र बुधबार पशुपति आर्यघाटमा अन्तेष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ। 
२०५२ साल असाेजदेखि २०५३ साल फागुन ३ गतेसम्म सिंह सर्वाेच्चकाे प्रधानन्यायाधीश भएका थिए। 
निर्भिक न्यायाधीशकाे रुपमा परिचित सिंहले आफ्नाे समयमा धेरै चर्चित फैसलाहरु गरेका थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।