काठमाडाैं– फ्रान्स सरकारले अक्सफर्ड-एस्ट्राजेने खोप ६५ वर्षभन्दा माथिकालाई दिन स्वीकृति दिएकाे छ।
गत महिना फ्रान्सले ६५ वर्षभन्दा कम उमेरकालाई मात्र खोपको प्रयोग स्वीकृति दिएकाे थियाे।
तर मंगलबार स्वास्थ्यमन्त्री भने, ६५ देखि ७४ वर्षबीचको उमेरमा एस्ट्रजेनेका खोप लगाउन सकिन्छ।
अक्सफोर्ड-एस्ट्राजेनेका खोप बेलायतमा व्यापक रूपमा प्रयोग भइरहेकाे छ। तर जर्मनीसहित युरोपियन युनियनका धेरै देशहरूले अझै यसलाई ६५ वर्ष उमेरभन्दा तल सीमित राखिएकाे छ।
यद्यपी ईयुकाे औषधि नियामकले भने सबै वयस्कहरूको लागि याे खाेप लगाउन अनुमति दिइसकेकाे छ।
यता क्यानाडाको खोप आयोगले सोमबार एस्ट्राजेनेका खोप दिन ६५ वर्षभन्दा माथि उमेरकालाई अनुमति दिन इन्कार गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।