काठमाडौं- कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फन्डको कुल इकाइको ५३ प्रतिशत बिक्री भएको छ।
आइतबार साँझसम्ममा ४९ हजार ५ सय ५० जना आवेदकहरुबाट कुल इकाइको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिओओ पुष्प शर्माले जानकारी दिए।
क्यापिटलले माघ १४ गतेदेखि प्रति इकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ बिक्रीमा ल्याएको थियो। फन्डले १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फन्डमा न्यूनतम १ सयदेखि ८० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।