काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको नयाँ मिति तय भएको छ। आउने वर्ष असोज ९ गतेदेखि २३ गतेसम्म इपिएल क्रिकेट आयोजना गर्नेगरी नेपाल क्रिकेट संघ (क्यान)ले समय दिएको हो।
गएको वर्ष चैतमा आयोजनाको अन्तिम चरणमा पुगिसकेको इपिएल क्रिकेट कोरोना माहामारीका कारण रोकिएको थियो। गएको वर्ष ड्वायन स्मिथ, उपुल थारङ्गा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेल जस्ता खेलाडी ल्याउने तयारी भइसकेको थियो।
अब तोकिएको समयसम्म कोभिडको अवस्था पनि भ्याक्सिनका कारण सहज हुने र असोजमा काठमाडौंको मौसम समेत राम्रो हुने हुँदा प्रतियोगितालाई सहज हुने विश्वास इपिएल आयोजकले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।