काठमाडाैं– मेक्सिकाेले काेराेना भाइरस संक्रमणको बढ्दो अवस्था र कमजोर अर्थतन्त्रका बीच अमेरिकी राष्ट्रपति जो वाइडेनसँग सहयोग मागेकाे छ।
राष्ट्रपति आन्द्रेस मानुए लोपेजले आइतबार समकक्षी वाइडेनसँग काेराेना भाइरसविरुद्धकाे खाेप दिलाइदिन आग्रह गरेका हुन्।
मेक्सिकाेमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि बढ्दाे क्रममा रहेकाे छ। अझ ग्रामीण क्षेत्रहरुमा अवस्था नाजुक रहेकाे बताइन्छ।
लोपेज सोमबार वाइडेनसँग भर्चुअल वार्ता गर्ने जनाइएकाे छ। अर्कोतर्फ, ह्वाइट हाउसले आफ्नो सहयोगी र छिमेकी देशहरुलाई खोप दिन तयार रहेकाे पनि बताइसकेकाे छ।
हाल अमेरिकाले तीन खाेपलाई स्वीकृति दिएकाे छ। जसमा औषधि उत्पादन क्षेत्रको ‘जाइन्ट जोन्सन एण्ड जोन्सन’ र फाइजर र मोदेर्नाको खोप रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।