काठमाडाैं– भारतकाे तमिलनाडु राज्यमा जारी लकडाउन ३१ मार्चसम्म थप गरिएकाे छ। राज्य सरकारले आगामी महिना हुन लागेकाे विधानसभा निर्वाचन अगाडी याे निर्णय लिएको हाे।
सरकारले आफ्ना नागरिकलाई सबै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। तमिलनाडुमा पछिल्लाे दिन काेराेना भाइरस संक्रमितहरुकाे संख्या वृद्धि हुने क्रममा छ।
स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा राज्यमा ५२१ जना संक्रमित फेला परेका थिए। यस्तै ५ जनाकाे मृत्यु भएकाे थियाे।
तामिलनाडुमा लकडाउन अवधि फेब्रुअरी २८ सम्म थियो। नयाँ अर्डरमा कुनै स्थायी नियम बनेको छैन, तर केन्द्रीय सरकारलाई सल्लाहलाई मध्यनजर गर्दै लकडाउन थप गरिएकाे जनाइएकाे छ।
आवश्यक भएमा आइपीसी धारा १४४ लागू गर्न निर्देशन पनि दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।