काठमाडाैं– भारतमा आजबाट दाेस्रो चरणकाे कोरोना खोप अभियान सुरु गरिने भएको छ। अभियानमा समावेश हुनकाे लागि बिहान ९ देखि नाम दर्ता गर्न सकिने छ।
दर्ता कोविन २.० वेबसाइट वा सरकारले तोकेको अन्य अनलाइन प्लेटफर्महरूमार्फत गर्न सकिनेछ। खोप लगाउने सूचीमा नाम भएका व्यक्तिले कुनै पनि समय र ठाउँमा अपोइन्टमेन्ट लिन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यस चरणमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ। तर ६० वर्षभन्दा माथिका व्यक्तिहरूले मात्रै खोप लिन पाउने छन्।
यसको साथसाथै ४५ देखि ६० वर्ष उमेरका व्यक्तहरूलाई पनि खोप दिइनेछ, जो गम्भीर रोगबाट पीडित छन्।
भारतीय सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेको छ।
प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) सरकारले निर्धारण गरिदिएकाे हाे। निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।