• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना खोपको पहिलो डोज लगाइसकेकाले दोस्रो डोज कहिले पाउँछन्?

64x64
नेपाल लाइभ सोमबार, फागुन १७, २०७७  ०८:१२
1140x725

काठमाडौं- सरकारले गत माघ १४ गते कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम संचालन गर्‍यो। पहिलो प्राथमिकताको पहिलो चरणमा माग १४ गतेदेखि २४ गतेसम्म देशभरका १८६ वटा खोप केन्द्रमार्फत् स्वस्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरुलाई खोप लगाइयो।

माघ २६ गतेदेखि ३० गतेसम्म काठमाडौंका तीनवटा खोप केन्द्रमार्फत् कुटनितिज्ञहरु, राजदूतावासका कर्मचारीहरु, पत्रकार र अग्रपंक्तिमा खटिएका संयुक्त राष्ट्रसंघका कर्मचारीहरुलाई खोप लगाइयो।

पहिलो प्राथमिकताको दोस्रो चरणमा फागुन २ गतेदेखि २० गतेसम्म २२२ वटा खोप केन्द्रमार्फत् कर्मचारी, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइएको छ।

पहिलो प्राथमिकताको खोप अभियानमा सरकारले करिव ९ लाख ११ हजार ३४२ जना अर्थात् नेपालको कुल जनसंख्याको ३ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको थियो। तर, भारत सरकारले पहिलो चरणमा १० लाख डोज खोप मात्र अनुदानमा उपलब्ध गराएपछि सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६०६ जनालाई खोप लगाउने योजना बनाएको थियो।

जसअनुसार पहिलो प्राथमिकताको अभियानमा ८४ दशमलब ६५ प्रतिशतले खोपको पहिलो डोज लगाए। अर्थात\ माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाइसकेका छन्।

यस्तै, फागुन २३ गतेदेखि सुरु हुने दोस्रो प्राथमिकताको खोप अभियानमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात ५१ लाख ६४ हजार २६९ जनालाई खोपको पहिलो मात्र लगाइँदैछ।

नेपालमा कोरोनाविरुद्ध लगाइएको खोप दुई डोज लगाउनुपर्ने खोप विज्ञहरुले बताएका छन्।

खोपको पहिलो डोज पाइसकेका व्यक्तिहरुलाई दोस्रो डोजको खाप कहिले लगाइन्छ? धेरैको मनमा यही जिज्ञासा आइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिड–१९ खोप विज्ञ सल्लाहकार समितिका संयोगजक डाक्टर श्यामराज उप्रेतीका अनुसार एक पटकमा शून्य दशमलब ५ एमएल लगाइने यो खोपको दोस्रो डोज ८ हप्ताको फरकमा २ डोज लगाउनुप पर्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको पहिलो डोज लगाइसकेका व्यक्तिहरुका लागि दोस्रो डोज लगाउने मिति पनि तय गरिसकेको डा उप्रेतीले बताए।

उनले भने, ‘पहिलो प्राथमिकतामा माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो डोजको खोप लगाइसकेका व्यक्तिहरुले आगामी वैशाख ७ देखि १५ गतेसम्ममा खोपको दोस्रो डोज लगाउन पाउने छन्।’

यस्तै आगामी फागुन २३ गतेदेखि सुरु हुने दोस्रो प्राथमिकताका व्यक्तिहरुले पहिलो डोजको खोप लगाइसकेपछि आगामी जेठ १७ गतेदेखि असार ५ गतेभित्रमा दोस्रो डोज लगाउन पाउने डा उप्रेतीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका नामको बायोफार्मास्युट्रिकल कम्पनीले विकास गरेको हो। उक्त खोप भारतमा सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ। नेपालमा ल्याइएको खोप भारतको सेरमकै हो। यो खोपलाई विश्व स्वास्थ्य संगठनले पनि आकस्मिक प्रयोगको लागि स्वीकृती दिइसकेको छ।

नेपालमा अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोपको प्रभावकारीता ७१ प्रतिशत रहेको डा उप्रेतीले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले खोपको सही प्रयोग बढाउन खोप दिन मिल्ने र नमिल्ने अवस्था पनि निर्धारण गरेको छ।

यस्ता अवस्थामा कोभिसिल्ड खोप दिन मिल्छ :
–पहिला कोभिड–१९ संक्रमण भएका व्यक्तिहरुलाई संक्रमण भएको एक महिनापछि खोप लगाउन मिल्छ।
–दीर्घ रोग जस्तै मुटु, मस्तिष्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्तिहरु।
–रोग प्रतिरक्षा कमी वा एचआईभि भएका व्यक्ति,
रोग प्रतिरोधात्मक औक्षधि सेवा गरिरहेका बिरामीहरुलाई पनि खोप दिन मिल्छ। तर, यस्ता बिरामीहरुमा तुलनात्मक रुपमा प्रतिरक्षा शक्ति कम प्रदान गर्न सक्छ।
–बालबालिकालाई स्तनपान गराइरहेका आमाहरुलाई पनि यो खोप दिन मिल्छ।

खोप दिनै नमिल्ने अवस्था
-१८ वर्ष मुनिका बालबालिकामा यो खोपको सुरक्षा र प्रभावकारीताबारे अध्ययन नभएकाले यो खोप १८ वर्षमुनिका बालबालिकालाई नदिने निर्णय भएको छ।
-खोपको पहिलो डोज लगाउँदा गम्भीर एलर्जी अर्थात् एनाफाइलेक्सिस भएका व्यक्तिले पनि खोपको दोस्रो डोज लगाउन हुँदैन। 
-यसभन्दा अघि अरु कुनै खोप, तथा इन्जेक्सन थेरापी वा औषधिले गम्भीर एलर्जी भएको अर्थात एनाफाइलेक्सिस् प्रतिक्रिया भएका व्यक्तिमा पनि खोप दिनु हुँदैन।
-गर्भवती महिलालाई पनि यो खोप दिनु हुँदैन।

खोप लगाएपछि हुनसक्ने असर
सामान्य असर
–सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने,
–थकाई र आलस्य महसुस हुने,
–ज्वरो आउने, टाउको दुख्ने,
–वाकवाकी हुने वान्ता आउने,
– माशंपेसी वा जोर्नी दुख्ने,
–फ्लुको जस्तो लक्षण देखिने।
यस्ता सामान्य किसिमका असरहरुले खोप लिने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्दैनन्। यो बिस्तारै आफै कम भएर जान्छ।

खोपबाट हुनसक्ने गम्भीर असर
–सबै खोपहरु सुरक्षित हुन्छन् तर, खोपबाट कोही व्यक्तिमा एनाफाईलाक्सिस हुनसक्छ।
यो गम्भीर प्रकारको असर हो जसलाई एलर्जीको प्रतिक्रिया पनि भनिन्छ। यस प्रकारको असर देखा परेमा तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्छ। यस्तो असर खोप लगाएको आधी घण्टासम्ममा देखिने सम्भावना हुन्छ। त्यसैले खोप लगाइसकेपछि खोप लगाएका व्यक्तिहरुलाई आधी घण्टा खोपकेन्द्रमा अब्जरभेसनमा राख्ने गरिन्छ।

पहिलो प्राथमिकतामा खोप लगाएकाहरुमा कतिमा कस्तो लक्षण देखियो ?
कोभिड–१९ कोप विज्ञ सल्लाहकार समितिका संगोजक डा श्याम राज उप्रेती अनुसार पहिलो प्राथमिकतामा खोप लगाएका ४ लाख २९ हजार ७०५ जनामध्ये १ हजार ९११ जनालाई सामान्य लक्षण देखिएको थियो भने ९ जनालाई गम्भीर प्रकारका लक्षण देखिएको थियो। तर, गम्भीर असर देखिएका सबैको स्वास्थ्य अवस्था हाल समान्य भइसकेको डा उप्रेतीको भनाइ छ।

आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिक तथा दीर्घरोगका बिरामीहरुलाई खोप लगाउन लागिएकाले खोपबाट हुनसक्ने अवाञ्छित घटना व्यवस्थापनको लागि स्वास्थ्य मन्त्रालयले सम्पूर्ण तयारी गरिसकेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्