काठमाडौं– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोलले हराएको हो।
घरेलु टिम सेभियाविरुद्ध बार्सिलोनाको जितमा उस्मान डेम्बेले र कप्तान लियोनल मेस्सीले गोल गरे। पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
खेलको २९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई २–० गोलले हराएको हो।
ला लिगा फुटबलमै भएको अर्को खेलमा गेटाफेले भ्यालेन्सियालाई ३–० गोलअन्तरले हराएको छ। त्यस्तै, ओसासुनाले अलाभेसलाई १–० ले हराउँदा इबर र हुएस्का भने १–१ गोलको बराबरीमा रोकिएका छन्।
जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ। बार्सिलोनाको २५ खेलबाट ५३ अंक भएको छ।
चौथो स्थानमा रहेको सेभियाको २४ खेलबाट ४८ अंक छ। बार्सिलोना भन्दा दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ। उसको २३ खेलबाट ५५ अंक छ। तेस्रो स्थानमा झरेको रियल मड्रिडको भने २४ खेलबाट ५२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।