काठमाडाैं– नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आज गर्न लागेको सभा स्थगित भएको छ।
पोखराको अमरसिंह चाैरमा आयोजना हुन लागेकाे उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो।
संसद पुनर्स्थापित भएपछि आजको सभालाई रोकेर पर्सीका लागि कार्यकर्ता भेला राखिएको हो।
पर्सीको कार्यकर्ता भेलामा भने प्रधानमन्त्री ओली जाने र सम्बोधन गर्ने जनाइएकाे छ।
ओली पक्षले हरेक शनिबार सभा गर्दै आएको थियो। यसअघि बुटवल, धनगढी र विराटनगर भएको सभामा उनी उपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।