काठमाडाैं– चीनले सरकारी कम्पनी ‘सिनोफार्म’ द्वारा निर्माण कोरोना भाइरसविरुद्धकाे खोपलाई श्रीलंकाली सरकारले राेक लगाएकाे छ।
श्रीलंकाली सरकारका प्रमुख प्रवक्ता डा रमेश पथिराना नेपथ्यले ‘सिनोफार्म’ खाेपले थर्ड फेजकाे क्लिनिकल ट्रायल पूरा नगरेकाे कारण प्रयाेगमा राेक लगाइएकाे जानकारी दिएका छन्। उनले १४ कराेड नागरिककाे ज्यान हत्केला राख्न नसक्ने पनि बताए।
उनले अब भारतले उत्पादन गरेकाे ‘कोभिसिल्ड’ खाेप प्रयाेग गरिने समेत जानकारी दिए।
तर यता चिनियाँ कम्पनी बेजिङ इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडक्टले विकास गरेको ‘सिनोफार्म’ले आफ्नो खोपको क्लिनिकल परीक्षणको अन्तिम चरणको नतिजाअनुसार ७९.३ प्रतिशत प्राभावकारी देखिएको बताएको थियो।
यस्तै, चिनीयाँ अधिकारीहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को तुलनामा ‘सिनोफार्म’को नतिजा ५० प्रतिशत राम्रो रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।