काठमाडाैं– कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद पुनः थप गरिएको छ।
कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले सङ्कटकालको म्याद थप गरिएको हो।
राष्ट्रपति इभान डुकले भने, ‘यसअघि लगाइदै आएको स्वास्थ्य सङ्कटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्ने निर्णय गरेका छौँ।’
अहिले थप गरिएको सङ्कटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।