बर्दिया- सेन्सेई ब्रान्डको ६५ इन्च फोरके युएचडी एन्ड्रोइड टेलिभिजन नेपालमा सार्वजनिक भएको छ।
नेपालका लागि सेन्सेईको बिक्रेता चौधरी ग्रुपले बर्दियामा शुक्रबार यो टेलिभिजन सार्वजनिक गरेको हो।
सेन्सेई ब्रान्डका अडियो स्टिम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटर र टिभीजस्ता प्रोडक्ट नेपालमा बिक्री हुँदै आएका छन्।
फोरके युएचडी टिभीमा ब्राइट प्यानल, मिराकास्ट तथा वाइफाई जस्ता विशेषता छन्। यो टिभीमा २ वर्षको वारेन्टी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।