काठमाडाैं– भारतमा कोरोना भाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन्।
नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत संक्रमितहरु रहेको जनाइएकाे छ।
भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय संक्रमित रहेका छन्। यो संख्या कुल संक्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो।
पछिल्लो समयमा दैनिक संक्रमितहरुको र मृत्यु भएकाहरुको संख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ।
पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ संक्रमित भएका छन्। तीमध्ये ८९.५७ प्रतिशत संक्रमित सात प्रदेशका रहेका छन्।
भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना संक्रमित भएको र कुल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।