काठमाडाैं– घानीमा आगामी मार्च २ देखि कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिने भएको छ।
खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अड्डो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ।
खोप लगाउनु सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउनका लागि राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उनले स्पष्ट पारे।
राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचिमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए।
घानामा बुधबार छ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ। यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो।
कोरोना भाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।