तस्बिर: एपी/फाइल
काठमाडाैं– इन्डोनेसियामा पत्रकारहरुका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ।
राजधानी जाकार्तामा राष्ट्रपति जोको विडोडोको उपस्थितिमा बिहीबार पत्रकारका लागि खोप अभियानको सुरुवात गरिएको हो।
राष्ट्रपति विडोडोले झण्डै पाँच हजार ५०० पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाइसकेको जानकारी दिएका छन्।
इन्डोनेसियामा यही बिहीबारदेखि शनिबारसम्म पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाइदिने व्यवस्था गरिएको छ।
‘समाचार सङ्कलनका लागि विभिन्न ठाउँमा जानु पर्ने र विभिन्न व्यक्तिहरूसँग अन्तरक्रिया र सम्पर्क गर्नु पर्ने पत्रकारहरूलाई खोप उपलब्ध गराउँदा उनीहरूलाई काम गर्न सजिलो हुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ,’ राष्ट्रपति विडोडोले नेशनल प्रेस डेलीसँग भने।
पत्रकारहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था राजधानी जाकार्तामा मात्रै नभई देशभरीका सवै प्रदेशहरुमा पनि गरिएको उनले जानकारी दिए।
कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित मुलुक इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन गत जनवरी १३ देखि सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।