काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल विद्यालयको खेलकुद प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्।
बिहीबार राजर्षी गुरुकुल र कप्तान ज्ञानेन्द्र मल्लबीच खेलकुद प्रमुख सल्लाहकारको लागि सम्झौता भएको हो। राजर्षी गुरुकुलले कप्तान ज्ञानेन्द्रलाई एक वर्षको लागि नियुक्त गरेको हो। सम्झौताअनुसार कप्तान मल्लले अब राजर्षी गुरुकुलको खेलकुद अगाडि बढाउन सहयोग गर्ने छन्।
सम्झौतापछि कप्तान ज्ञानेन्द्रले यस्तो सम्झौताले विद्यालयस्तरमा खेलकुदको रुची झनै बढ्ने विश्वास लिएको बताए। ‘यस्तो सम्झौताले विद्यालयस्तरमा खेलकुदको क्रेज बढ्ने छ। हामी जस्ता खेलाडीको लागि बाँच्ने आधार पनि बन्ने छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।