काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ के बजेट निर्माण सुरु भएसँगै आन्तरिक राजस्व विभागले कर कानुनमा गर्नुपर्ने सुधारको सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ।
आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तशुल्कको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सुझाव दिन विभागले भनेको हो। आन्तरिक राजस्व विभागले फागुन मसान्तभित्र सुझाव पेश गर्न आग्रह गरेको छ।
यसअन्तर्गत व्यवसायीले विभिन्न कर कानुनमा भएका समस्या र तिनका समाधानका विषयमा सुझाव पेश गर्नेछन्। नयाँ बजेटको तयारीअघि बढेसँगै यसअघि राजस्व परामर्श विकास समिति र भन्सार विभागले पनि सुझाव संकलन अघि बढाइसकेका छन्।
राजस्व परामर्श विकास समितिले विभिन्न स्थानमा अन्तरक्रियात्मक कार्यक्रम राखेर सुझाव संकलन गर्न थालिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।