काठमाडौं- महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट हुने भएको छ।
कम्पनीको सेयर प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान ८ बजे आइपिओ बाँडफाँट हुने जानकारी दिएको हो।
महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेको थियो।
कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।