बलिउड मात्रै हैन, हलिउडमा समेत परिचित बनेको नाम हो प्रियंका चोपडा। केही महिना यता त झनै उनैको नामले सामाजिक सञ्जाल छाएको छ।
केही समय अगाडी उनकै निर्माणमा बनेको सेतो बाघले हलिउड र बलिउडमा तहल्का मच्चाएको थियो भने अहिले फेरि उनको बायोपिक किताबले चर्चा बटुलेको छ।
द न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने किताबको सूचीमा उनको आत्मसंस्मरण ‘अनफिनिस्ड’ परेको छ। उनले यो कुरा सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै सम्पूर्ण पाठकलाई धन्यवाद दिएकी छन्।
इन्स्टामा उनले किताबको छोटो भिडियो पनि पोष्ट गरेकी छिन्। लेखेकी छन्, ‘एक हप्ताभन्दा कम समयमा यस्तो भयो।’
द न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री, मलाइृ साथ र सहयोग गर्नुहुने सबैलाई धन्यबाद, उनले क्यापसनमा लेखेकी छन्।
बलिउड हुँदै हलिउड पुगेकी उनको गत फेबु्रअरी ९ मा मात्रै पहिलो किताब ‘अनफिनिस्ड’ सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।