सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप अफ्रिकी मुलुक घाना पुगेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा खरिद गरिएको छ लाख थान कोभिसिल्ड खोप बुधबार घाना पुगेकाे हाे।
उक्त खोप मुम्बईबाट घाना पठाइएको थियाे।
डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना गरेको छ।
कोभाक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।