तस्बिर: इपीए
काठमाडाैं– कोरोना भाइरसको संक्रमण बढेसँगै नेदरल्याण्डमा लगाइएको कर्फ्यूको समय बढाइएको छ।
मंगलबार पत्रकार सम्मेलनका क्रममा डच प्रधानमन्त्री मार्क रुटले जारी कर्फ्यू यही मार्च १५ सम्म लम्ब्याउने जानकारी दिएका हुन्।
अहिले पनि देशका विभिन्न भूभागमा कर्फ्यू लगाइएको छ।
‘दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा छ,’ उनले भने,‘ यसका कारण हामीले देशका विभिन्न भूभागमा कर्फ्यू लगाएका छौँ।’
नागरिकको सुरक्षाका लागि कर्फ्यु नै एक बिकल्प रहेको प्रधानमन्त्री रुटले बताए।
‘स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको सङ्क्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ। आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने छौँ,’ उनले भने।
नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यू लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।