काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ। सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेको हो। यससँगै दुई महिनायताको अन्यौल पनि अन्त्य भएको छ।
सर्वोच्चले आजकै दिनदेखि १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने आदेश पनि दिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चले गरेको फैसलाको सारांशसमेत सार्वजनिक भएको छ। यो फैसलाको पूर्णपाठ भने पछि सार्वजनिक हुने सर्वोच्चले जनाएको छ।
यस्तो छ, फैसलाको सारांश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।