काठमाडाैं– पछिल्लो २४ घण्टामा देशभर थप ११० कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थपिएका ११० जनासँगै कूल संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
यस्तै देशभर संक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ।
पछिल्लो २४ घण्टामा १०२ संक्रमित निको भएर डस्चार्ज भएका छन्। योसँगै निको हुने संक्रमितको संख्या २ लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुने संक्रमितको संख्या २ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।