काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक जमघटकाबीच आफ्नो जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले ७०औँ जन्मदिन मनाएका हुन्। पारिवारिक जमघटका बीच ओलीले आफ्ना पिता तथा मान्यजनबाट आशिर्वाद लिएर जन्मदिन मनाएका हुन्।
गत वर्ष तेह्रथुमको आठराईमा पुगेर नेपालको नक्सा भएको केक काटेर ओलीले जन्मदिन मनाएका थिए। ओलीको जन्मदिनमा हेलिकोप्टरमार्त् केक ढुवानी गरिएको र नेपालको नक्सा भएको केक काटिएको विषय विवादित बनेको थियो। सामाजिक सञ्जालमा 'देशको नक्सा काटेर खाएको' भन्दै उनको आलोचना भएको थियो।
आफ्नै पार्टीको आचारसंहिता विपरीत तडकभडकका साथ जन्मदिन मनाएको विषयमा पनि विवाद भएको थियो। तर यस वर्षको जन्मदिन भने उनले परिवारका सदस्यहरूलाई मात्र बोलाएर मनाएका हुन्।
तस्बिरहरू
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।