काठमाडौं–भारत र चीनले दुई देशबीच विवादित हिमालय क्षेत्रको सीमाबाट सेना फिर्ता गर्नेमा प्रतिवद्धता जनाएको भारत सरकारले बताएको छ। शनिवार नै उक्त क्षेत्रबाट दुवै देशले सेना फिर्ता गरेको भारतीय रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
फेब्रुअरी ११ तारिखमा चीन र भारतले उक्त ताल क्षेत्रबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए। पान्गोङ त्सो ताल क्षेत्रबाट शनिवार नै सैनिक फिर्ता भइसकेको विज्ञप्तिमा उल्लेख छ। सो क्षेत्रमा गत जुन महिनामा दुई देशका सैनिकबीच भएको हिंसात्मक भिडन्तमा २४ सैनिकको मृत्यु भएको थियो। दुवै पक्षले लाइन अफ एक्चूअल कन्ट्रोल भनेर चिनिने सीमाको अन्य क्षेत्रमा पनि तनाव कम गर्ने बताएका छन्।
अग्रपंक्तिमा रहेका सैनिक फिर्ता गर्नु एउटा महत्त्वपूर्ण कदम भएको जारी वक्तव्यमा उल्लेख छ। ‘लाइन अफ एक्चुअल कन्ट्रोलको पश्चिमी क्षेत्रमा बाँकी रहेका समस्या समाधानका लागि पनि राम्रो आधार बन्न सक्नेछ,’ विज्ञप्तिमा उल्लेख छ। यो चरणमा प्रवेश गर्नका लागि कमान्डरहरूले नौ चरणका वार्ता गरेको बताइएको छ।
वक्तव्यले सीमाको अर्को क्षेत्रमा भने तनाव जारी रहेकोसमेत स्वीकारेको छ। त्यसका लागि वार्ता जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।
उक्त क्षेत्रमा गत जुनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको ज्यान गएको थियो। घटनामा आफ्ना चार सैनिकको पनि मृत्यु भएको चीनले हालैमात्र स्वीकार गरेको छ। यो कदमसँगै सपमा क्षेत्रका अन्य स्थानबाट पनि दुवै देशका सैनिक फिर्ता हुने उनीहरूको दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।