काठमाडाैं– नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ कोरोना भाइरस संक्रमित थपिएका छन्।
सोमबार थपिएको १२५ जनासँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै देशभर संक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ।
पछिल्लो २४ घण्टामा थप ९० कोरोना संक्रमित निको भएका छन्।
योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ९६६ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।