काठमाडाैं– चीन सरकारले स्वदेशमा निर्मित कोरोना भाइरसविरुद्धका १६ खोपलाई एकैपटक मानव परीक्षणको लागि अनुमति दिएको छ।
शनिबार चीनका औषधि नियामक संस्थाले १६ खोपलाई मानव परीक्षणको लागि अनुमति दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो।
चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनका अनुसार मानवमा परीक्षणको स्वीकृति पाएको ती खोपहरु तेस्रो चरणको परीक्षणमा प्रवेश गरेका छन्।
चीनमा निर्मित हालसम्म दुई खोपले मात्र आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ।
सिनोफार्मको खोपले डिसेम्बर ३० मा प्रयोगको लागि अनुमति पाएको थियो। सिनोफार्मका अनुसार खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।
सिनोफार्म भ्याक्सिन चीनमा देखिएका तीनवटा भाइरसको प्रकृतिविरुद्ध प्रभावकारी हुने बताइएको छ । भाइरसका स्वरूप अनुसन्धानकर्ताहरूले बाँदरमा परीक्षणको समयमा पत्ता लगाएका थिए ।
यता सिनोभ्याक बायाटेकको खोपले यसैवर्षको फेब्रुअरी ५ मा प्रयोगको लागि अनुमति पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।