तस्बिर: पीटिआइ
काठमाडाैं– भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमित बढ्न थालेपछि थप कडाइ गरिने भएको छ।
आज (सोमबार)देखि राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले जानकारी दिए।
ठाकरेले आइतबार टीभीमार्फत् नागरिकलाई सम्बोधन गर्दै केही दिनसम्म भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाइने गरी प्रतिबन्ध घोषणा गरेका थिए।
उनले भने, ‘राज्यमा महामारीले फेरि बढ्दो क्रममा छ, यो कोरोनाको दोस्रो लहर हो कि? ८ देखि १५ दिनभित्र पत्ता लाग्नेछ।’
राज्यले लागू गरेको नियम उल्लंघन गर्नेलाई सजाय दिइने चेतावनीसमेत उनले दिएका छन्।
लकडाउन समाधान नभएपनि कोरोनाको चक्र रोक्ने एक मात्र उपाय यही भएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।