बलिउड फिल्म उद्योगका किङ खान तीन बच्चाहरूको बुबा हुन्। शाहरुखको कान्छो छोरा अब्राम २०१३ मा जन्मेका थिए। अब्राम खान सरोगेसी प्रविधिबाट समयभन्दा अगाडि नै जन्मेका थिए।
त्यसपछि ठूलो समस्यामा आइपर्यो शाहरुखलाई। यो शाहरुखको लागि गाह्रो समय थियो। उनी र उनका परिवारलाई बाहिर निस्कनसमेत गाह्रो भएको थियो।
अब्राम बिरामी थिए र केही व्यक्तिहरु उनकाबारे लख काढिरहेका थिए।
वास्तवमा अब्रामको जन्म हुनुभन्दा अघि शाहरुखमाथि लिङ्ग निर्धारण परीक्षण गराएको आरोप लगाइएको थियो।
महाराष्ट्र सरकारले पनि यस विषयमा अनुसन्धान गर्न आदेश जारी गरेको थियो। जसको कारण उनी लामो समयसम्म अस्पतालमै रहे। त्यो समय शाहरुखको लागि काँडाको बाटो हिँड्नुभन्दा कम चुनौतिपूर्ण थिएन।
यसैबीच एक सामाजिक अभियान्ताले शाहरुखले लिङ्ग परीक्षण गराएको आरोप लगाए। त्यसपछि यो मामला उच्च अदालतमा पुग्यो।
शाहरुख त्यस समय अत्याधिक डराएका थिए। जब अब्राम ठूलो हुँदै जान्छन् र यी सबै चीजहरू अब्रामले पढ्ता उसलाई के हुन्छ? उनको मनमा यो डर थियो।
तर अस्पताल र बीएमसीले गहिरो अनुसन्धान गरेपछि शाहरुख यस दुर्घटनाबाट उम्किन सफल भए।
शाहरुखले भन्छन्,‘जब मिडियामा सरोगेसीको बारेमा कुरा गरिरहेका थिए तब मलाई राम्रो लागिरहेको थिएन। उहाँ एक शिक्षित व्यक्ति हुनुहुन्छ। तर त्यस्तो मुर्ख कोही नहुनुहोस्।’
यद्यपि शाहरुख धेरै खुसी छन् र अब्राम पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।