पछिल्लो २४ घण्टामा थप ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी ८० जनामा काेराेना पुष्टि भएकाे हाे।
याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ।
१२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।