तस्बिर: गेट्टी इमेज
काठमाडाैं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तान्जानियासँग कोरोना भाइरस संक्रमितको संख्या उपलब्ध गराउन आग्रह गरेको छ। तान्जानियाले हालसम्म पनि कोरोना संक्रमितको तथ्यांक उपलब्ध नगराएपछि डब्लुएचओले यस्तो आग्रह गरेको हो।
राष्ट्रपति जोन मगुफुलीका अनुसार गतवर्ष मे महिनाको अन्तिममा ५ सय जनामा कोरोना संक्रमण भएको थियो। त्यसको एक महिनापछि नै तन्जानियालाई ‘कोरोना भाइरसमुक्त’ देश घोषणा गरिएको थियो।
कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको उनकाे दाबी छ। तर डब्लुएचओले यो तथ्याङ्क विश्वास गर्न योग्य नभएको बताउँदै आएको छ।
तान्जानियाको अर्ध स्वायत्त टापु जन्जीबारका उपराष्ट्रपति सेफ शरिफ हमदको बुधबार मृत्यु भएको थियाे। उनको पार्टीले हमदको मृत्यु कोरोना संक्रमणको कारण भएको दाबी गर्दै आएको छ। उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा पनि गरेका थिए।
यता निजामती सेवाका प्रमुख जोन किजाजीको पनि बुधबार मृत्यु भएको थियो। तर उनको मृत्यु कोरोना संक्रमणको कारण भए/नभएको खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।