तस्बिर: गेट्टी इमेज
सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
आइतबार मोरिसनसहित केही अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा केयर होमका कामदारलाई खोप दिइएको हो।
प्रधानमन्त्री मोरिसनले खोप लगाउँदै गरेको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियाे।
खोपप्रति सर्वसाधारणको विश्वास बढाउने उद्देश्यसहित खोप लगाएकाे प्रधानमन्त्री मोरिसनले बताएका छन्।
अष्ट्रेलियाका मुख्य नर्स प्रोफेसर एलिसन म्याकमिलन र प्रमुख चिकित्सा अधिकारी प्रोफेसर पाउल केलीले पनि काेराेना भाइरसविरुद्धकाे खोप लगाएका थिए।
अस्ट्रेलियामा यो हप्तादेखि खोप अभियान सुरु हुँदैछ। आउँदो हप्ताभित्र कम्तीमा ६० हजार खोप लगाइने उद्देश्य लिइएको छ।
प्रधानमन्त्री मोरिसनले अग्रपंक्तिमा रहेर काम गर्ने तथा जोखिम वर्गमा रहेकाहरुलाई खोपमा पहिलो प्राथमिकता दिइने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।