काठमाडौं- अर्थ मन्त्रालयले २० लाख डोज कोभिडविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा गरेको छ।
खोपको अग्रिम भुक्तानी गर्नुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार अर्थ मन्त्रालयमा रकम निकासाका लागि फाइल पेस गरेको थियो। बुधबार अर्थ मन्त्रालयले रकम निकासा गरेको हो।
‘अर्थबाट रकम आइसकेको छ। आजै कम्पनीलाई पठाउने प्रक्रिया पनि सुरु भएको छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।
अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गर्न मंगलबारको मन्त्रिपरषद् बैठकले अग्रिम भुक्तानी गर्ने निर्णय गरेपछि अर्थले रकम निकासा गरेको हो।
सरकारले प्रति एक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरीद गर्न लागेको छ। त्यसका लागि नेपालले कम्पनीलाई एक अर्ब रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ।
२० लाख डोज कोभिड खोप कोभिसिल्ड दुई चरणमा ल्याउने तयारी रहेको स्रोतको भनाइ छ। सेरमले २० लाख खोप दुई चरणमा पठाउन सक्ने सम्भावना बताएको तर अन्तिम निर्णय नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘हामी कम्पनीको नियमित सम्पर्कमा छौं। दुई चरणमा खोप पठाउने सम्भावनाबारे उनीहरुले बताएका छन्।आज बेलुका वा भोलिसम्म त्यसको निर्णय आउँछ होला,’ मन्त्रालयले स्रोतले भन्यो। स्वास्थ्य मन्त्रालयले भारतीय खोप उत्पादक कम्पनी सेरमको बैंक अकाउन्टमा रकम जम्मा गर्ने बताइएको छ।
उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने तयारी सरकारको छ।
दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरुलाई खोप लगाउने छ। सरकारले दोस्रो करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।