काठमाडौं- पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेको हो। दोस्रो प्राथमिकतामा परेकालाई खोप लगाउन फागुन ८ गतेसम्म खोप अभियान चलाइनेछ।
सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दोस्रो प्राथमिकतामा राखेर खाेप लगाउने निर्णय गरेकाे हो। काठमाडौंभन्दा बाहिरका सञ्चारकर्मीले पनि आजदेखि नै खोप पाउने बताइएको छ।
यस्तै, पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शव वाहन चालकहरुलाई पनि यो चरणमा खोप दिइने मन्त्रालयले जनएको छ।
दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ।
यी हुन् काठमाडौंका १२ खोप केन्द्र :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।