काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि अन्तरिम सिफारिस गरेको छ।
खोपसम्बन्धी बनेको डब्लुएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले खोप प्रयोगका लागि अन्तरिम सिफारिस गरेको हो। गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्न बताएको छ।
अक्सफोर्डले विकास गरेको खोप अन्य खोपभन्दा सस्तो र भण्डारण गर्न सहज भएकाले विश्वभरकै लागि सबैभन्दा बढी उपयुक्त हुने विश्वास गरिएको छ।
नेपालमा पनि यो खोप हाल प्रयोगमा आइरहेको छ। भारतले कोभिसिल्ड नाममा उत्पादन गरेको यो खोप नेपालमा २ लाखभन्दा बढी नागरिकले लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।