काठमाडौं- नेपाली कांग्रेसका शुभेच्छुक संस्थाले शनिबार देशभर विरोध प्रदर्शन गरेका छन्। पार्टी केन्द्रीय समितिले गरेको निर्णयअनुसार प्रतिनिधि सभा विघटनविरुद्ध ७७ जिल्लामा विरोध प्रदर्शन गरिएको हो।
नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले शनिबार विरोध प्रदर्शन गरे। शनिबार दिउँसो १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ। काठमाडौंको टुँडिखेल, शान्तिबाटिका आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिएको थियो।
सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लाबाट प्रतिरोधमा उत्रन कांग्रेसले आह्वान गरेको थियो। विरोधमा सहभागीहरूले कालो मास्क लगाएका थिए।
प्रदर्शनमा सहभागीहरुले मानवअधिकारको रक्षा गर, प्राज्ञिक विशिष्टता कायम गर, स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षे बन्द गर लेखेका प्लेकार्ड बोकेका थिए।
थप तस्बिरहरू :












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।