• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

यसकारण कोरोना निको भएकाले पनि खोप लगाउन आवश्यक

कमला गुरुङ शुक्रबार, माघ २३, २०७७  ०६:३०
1140x725

काठमाडौं- ‘डाक्टर साब! कोरोनाको खोप लगाउने होइन,?’ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका एक चिकित्सकलाई हामीले प्रश्न गर्यौं‍। 

‘म त लगाउँदिन यो खोप,’ उनले प्रतिक्रिया दिए। 

ती चिकित्सकको कुरा सुन्दा हामीलाई अचम्म लाग्यो। फेरि ती चिकित्सकलाई प्रश्न तेस्र्यायौं, ‘किन नलगाउने खोप डाक्टर साब?’

उनको जवाफ थियो, ‘म कोरोना निको भइसकेको मान्छे। कोरोनासँग लड्न मेरो शरीरमा एन्टिबडी बनिसकेको छ। त्यसकारण मैले लगाएर एउटा खोप खेर फाल्नुभन्दा अर्को एक जनालाई लगाउन काम लाग्छ।’

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। तर केही स्वास्थ्यकर्मीले भने खोप नलगाउने निर्णय गरेका छन्। 

केही स्वास्थ्यकर्मीले खोपको विरोध गरे पनि केहीले कोरोना संक्रमण निको भइसकेका कारण देखाउँदै खोप नलगाउने निर्णयलाई नै उचित ठानेका छन्। कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले नै सुरक्षा दिने र खोप लगाउन नपर्ने बुझाइ धेरैको छ। 

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’ 

उनी भन्छिन्, ‘कोरोना संक्रमण भइसकेपछि शरीरमा एन्टिबडी बनेको छ÷छैन? बनेको एन्टिबडीले कति समयसम्म सुरक्षा दिन्छ? भन्ने थाहा छैन। त्यसैले पनि खोप लिन आवश्यक छ।’

Ncell 2
Ncell 2
nimb
nimb

डा लुनाका अनुसारमा शरीरमा बनेको एन्टिबडी सबैले भाइरसलाई रोक्ने क्षमता राख्छ÷राख्दैन भन्ने पनि यकिन हुँदैन। त्यही कारण पनि खोप लगाउन उनको सुझाव छ।

यदि कोरोना संक्रमण भइसकेका व्यक्तिमा एन्टिबडी बनेपछिको अवस्थामा खोप लगाए पनि शरीरलाई फाइदा नै गर्ने उनले बताइन्। उनीहरुमा खोप लगाउँदा विशेषगरी दुई किसिमको फाइदा हुन्छ।

एक, एन्टिबडी सकिएको या घटेको अवस्था छ भने लगाएको खोपले एन्टिबडीलाई बुस्ट गर्छ। दोस्रो, शरीरमा बनेको एन्टिबडीले सुरक्षा दिन सक्दैन भने खोप लगाएपछि एन्टिबडीको शक्ति बढेर जान्छ।

उनले भनिन्, ‘एन्टिबडी बनिसकेको अवस्थामा पनि खोप लगाउन मिल्छ। यसले भाइरस रोक्ने क्षमतालाई झनै बढाउँछ। त्यसैले खोप दिन मिल्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसो भए संक्रमणपछिको कुन अवस्थामा खोप लगाउन मिल्दैन? खोप लगाउन नमिल्ने केही अवस्थाहरु पनि छन्। 

संक्रमण भइरहेको अवस्थामा कोभिड–१९ विरुद्धको खोप दिन मिल्दैन। कोरोना निको भइसकेको चार हप्तापछि मात्र खोप लगाउन मिल्ने डा लुनाले बताइन्। 

‘संक्रमण भएको अवस्थामा खोप लगाउन मिल्दैन,’ उनले भनिन्, ‘लक्षण देखिएको चार हप्तापछि मात्र खोप लगाउन मिल्छ।’

कतिपय व्यक्तिहरुमा कोरोना निको भइसकेपछि पनि विभिन्न लक्षण देखिने गरेका छन्। थकाइ महसुस गर्ने, कमजोर हुने, धेरै काम गर्न नसक्ने खालका लक्षणहरु पोस्ट कोभिडका विभिन्न लक्षणमध्येका हुन्। 

कोरोना निको भइसकेका तर गम्भीर खालका लक्षण देखिएका व्यक्तिले पनि कोभिडको खोप लगाउन नहुने डा लुना सुझाउँछिन्। 

‘कोरोना निको भइसकेका व्यक्तिहरुमा लक्षणहरु देखिरहेका छन्। त्यसमा चाहिँ ती व्यक्तिलाई गाह्रो भइरहेको छ भने खोप नलगाउँ पनि भनिएको छ। तर हल्का माइल्ड लक्षण छ भने लगाउँदा फरक पर्दैन भन्ने पनि देखिएको छ’, उनले भनिन्। 

कोभिडको पहिलो खोप लगाएको २८ दिनपछि मात्र दोस्रो डोज लगाउन सरकारले आग्रह गरेको छ। केही कारणवश कुनै व्यक्तिले २१ दिनको अन्तरमा दोस्रो डोज लगाए सामान्य मान्न सकिने उनले बताइन्। तर २१ दिनपछि दोस्रो डोज लगाए त्यसको २८ दिनपछि तेस्रो डोज लगाउनुपर्ने उनले बताइन्। 

कोभिडको खोप लगाउँदा अन्य कुनै खोप एकै साथ नलगाउन पनि उनको सुझाव छ। दुई खोपबीच कम्तीमा एक हप्ताको समय अन्तर राख्नुपर्ने उनले बताइन्। 

डा लुना यसलाई यसरी प्रष्ट पार्छिन्, ‘कोभिड र हेपाटाइटिस जस्तै अन्य कुनै खोप एकै साथ लगाउन हुँदैन। यदि आज कोभिडको खोप लगाएको छ भने एक हप्ताको अन्तरमा मात्र हेपाटाइटिसको खोप लगाउनुपर्छ।’

उनका अनुसार दुवै खोप एकै साथ लगाउँदा इम्युन सिस्टमले काम गर्न सक्दैन। एक अर्कालाई रोक्न खोज्छ अनि राम्रोसँग काम गर्दैन।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्