• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
यसकारण कोरोना निको भएकाले पनि खोप लगाउन आवश्यक
कमला गुरुङ शुक्रबार, माघ २३, २०७७  ०६:३०
1140x725

काठमाडौं- ‘डाक्टर साब! कोरोनाको खोप लगाउने होइन,?’ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका एक चिकित्सकलाई हामीले प्रश्न गर्यौं‍। 

‘म त लगाउँदिन यो खोप,’ उनले प्रतिक्रिया दिए। 

ती चिकित्सकको कुरा सुन्दा हामीलाई अचम्म लाग्यो। फेरि ती चिकित्सकलाई प्रश्न तेस्र्यायौं, ‘किन नलगाउने खोप डाक्टर साब?’

उनको जवाफ थियो, ‘म कोरोना निको भइसकेको मान्छे। कोरोनासँग लड्न मेरो शरीरमा एन्टिबडी बनिसकेको छ। त्यसकारण मैले लगाएर एउटा खोप खेर फाल्नुभन्दा अर्को एक जनालाई लगाउन काम लाग्छ।’

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। तर केही स्वास्थ्यकर्मीले भने खोप नलगाउने निर्णय गरेका छन्। 

केही स्वास्थ्यकर्मीले खोपको विरोध गरे पनि केहीले कोरोना संक्रमण निको भइसकेका कारण देखाउँदै खोप नलगाउने निर्णयलाई नै उचित ठानेका छन्। कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले नै सुरक्षा दिने र खोप लगाउन नपर्ने बुझाइ धेरैको छ। 

तर, के कोरोना निको भइसकेका व्यक्तिले खोप लगाउन आवश्यक छैन त? भाइरोलोजिस्ट डा लुना भट्टको संक्षिप्त जवाफ थियो, ‘आवश्यक छ।’ 

उनी भन्छिन्, ‘कोरोना संक्रमण भइसकेपछि शरीरमा एन्टिबडी बनेको छ÷छैन? बनेको एन्टिबडीले कति समयसम्म सुरक्षा दिन्छ? भन्ने थाहा छैन। त्यसैले पनि खोप लिन आवश्यक छ।’

Ncell 2
Ncell 2

डा लुनाका अनुसारमा शरीरमा बनेको एन्टिबडी सबैले भाइरसलाई रोक्ने क्षमता राख्छ÷राख्दैन भन्ने पनि यकिन हुँदैन। त्यही कारण पनि खोप लगाउन उनको सुझाव छ।

यदि कोरोना संक्रमण भइसकेका व्यक्तिमा एन्टिबडी बनेपछिको अवस्थामा खोप लगाए पनि शरीरलाई फाइदा नै गर्ने उनले बताइन्। उनीहरुमा खोप लगाउँदा विशेषगरी दुई किसिमको फाइदा हुन्छ।

एक, एन्टिबडी सकिएको या घटेको अवस्था छ भने लगाएको खोपले एन्टिबडीलाई बुस्ट गर्छ। दोस्रो, शरीरमा बनेको एन्टिबडीले सुरक्षा दिन सक्दैन भने खोप लगाएपछि एन्टिबडीको शक्ति बढेर जान्छ।

उनले भनिन्, ‘एन्टिबडी बनिसकेको अवस्थामा पनि खोप लगाउन मिल्छ। यसले भाइरस रोक्ने क्षमतालाई झनै बढाउँछ। त्यसैले खोप दिन मिल्छ।’

त्यसो भए संक्रमणपछिको कुन अवस्थामा खोप लगाउन मिल्दैन? खोप लगाउन नमिल्ने केही अवस्थाहरु पनि छन्। 

संक्रमण भइरहेको अवस्थामा कोभिड–१९ विरुद्धको खोप दिन मिल्दैन। कोरोना निको भइसकेको चार हप्तापछि मात्र खोप लगाउन मिल्ने डा लुनाले बताइन्। 

‘संक्रमण भएको अवस्थामा खोप लगाउन मिल्दैन,’ उनले भनिन्, ‘लक्षण देखिएको चार हप्तापछि मात्र खोप लगाउन मिल्छ।’

कतिपय व्यक्तिहरुमा कोरोना निको भइसकेपछि पनि विभिन्न लक्षण देखिने गरेका छन्। थकाइ महसुस गर्ने, कमजोर हुने, धेरै काम गर्न नसक्ने खालका लक्षणहरु पोस्ट कोभिडका विभिन्न लक्षणमध्येका हुन्। 

कोरोना निको भइसकेका तर गम्भीर खालका लक्षण देखिएका व्यक्तिले पनि कोभिडको खोप लगाउन नहुने डा लुना सुझाउँछिन्। 

‘कोरोना निको भइसकेका व्यक्तिहरुमा लक्षणहरु देखिरहेका छन्। त्यसमा चाहिँ ती व्यक्तिलाई गाह्रो भइरहेको छ भने खोप नलगाउँ पनि भनिएको छ। तर हल्का माइल्ड लक्षण छ भने लगाउँदा फरक पर्दैन भन्ने पनि देखिएको छ’, उनले भनिन्। 

कोभिडको पहिलो खोप लगाएको २८ दिनपछि मात्र दोस्रो डोज लगाउन सरकारले आग्रह गरेको छ। केही कारणवश कुनै व्यक्तिले २१ दिनको अन्तरमा दोस्रो डोज लगाए सामान्य मान्न सकिने उनले बताइन्। तर २१ दिनपछि दोस्रो डोज लगाए त्यसको २८ दिनपछि तेस्रो डोज लगाउनुपर्ने उनले बताइन्। 

कोभिडको खोप लगाउँदा अन्य कुनै खोप एकै साथ नलगाउन पनि उनको सुझाव छ। दुई खोपबीच कम्तीमा एक हप्ताको समय अन्तर राख्नुपर्ने उनले बताइन्। 

डा लुना यसलाई यसरी प्रष्ट पार्छिन्, ‘कोभिड र हेपाटाइटिस जस्तै अन्य कुनै खोप एकै साथ लगाउन हुँदैन। यदि आज कोभिडको खोप लगाएको छ भने एक हप्ताको अन्तरमा मात्र हेपाटाइटिसको खोप लगाउनुपर्छ।’

उनका अनुसार दुवै खोप एकै साथ लगाउँदा इम्युन सिस्टमले काम गर्न सक्दैन। एक अर्कालाई रोक्न खोज्छ अनि राम्रोसँग काम गर्दैन।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्