काठमाडौं– अंकुर नेपालले कोरोनाले प्रभावित कामदारका विषयमा एचआरडी कोरिया र इपिएस नेपाल शाखालाई अवगत गराएको छ।
एचआरडीले लिएको परीक्षामा उत्र्तीण भई कोरोनाले जान नपाएका कामदारको समस्या अवगत गराइएको छ। एचआरडी कोरिया नेपाल प्रमुख किम उन डक र इपिएस नेपाल शाखा निर्देशक ईन्द्र गौतमलाई अंकुर नेपालका पदाधिकारीले कोरिया प्रवेश गर्ने प्रक्रिया खुलाउने सन्दर्भमा जिज्ञासा राखेका थिए।
लेबर कन्ट्याक्ट आएरपनि कोरिया जान रोकिएका, कमिटेड कामदार पुनः कोरिया पठाउने प्रक्रिया, आगामी परीक्षा, इपिएस पीडितहरुको माग, इपिएस सेन्टरमा देखिएका कमीलगायतका विषय उठाइएको थियो। रिटर्नीलाई पुनःस्थापित गर्नको लागि सहयोग तथा कामदारको चासो गुनासो सुनाइएको थियो। एचआरडी कोरिया प्रमुख किम र इपिएस शाखाका निर्देशक गौतमले युवाका समाधान गर्ने वचन दिएका थिए।
कामका लागि विदेश गई फर्केकाहरुको संस्था अंकुर नेपालले स्वदेश आएकाहरुका लागि आवश्यक सहयोग गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।