काठमाडौं- नेपालमा हालसम्म १ लाख ३५ हजार जनाले कोरोनाविरुद्धको खोप कोभिसिल्ड लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो चरणको खोप अभियानअन्तर्गत बुधबारसम्ममा १ लाख ३५ हजार जनाले कोभिसिल्ड खोप लगाएको जानकारी दिएका हुन्।
डा गौतमले अबका तीन दिनभित्र पहिलो चरणको खोप अभियान पूरा गरिने समेत बताए। उनकाअनुसार दुर्गममा रहेका स्वास्थ्यकर्मी, अन्तराष्ट्रिय नाकामा रहेका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई अबको तीन दिनभित्र खोप लगाइने बताए।
मन्त्रालयले खोपको उपलब्धताको आधारमा पहिलो चरणमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाइने बताएको थियो।
डा गौतमले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो।
लक्षित समूहका व्यक्तिले शनिबारसम्म खोप लगाउन छुटेको भए सम्बन्धित कार्यालयको सिफरिस पत्र र स्वास्थ्यकर्मीको हकमा परिषद्को दर्ता प्रमाणपत्र सहित जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खोप लगाउन सकिने पनि बताए।
उनले पहिलो चरणमा खोप लगाउन छुटेका लक्षित समूहका व्यक्तिपछि उमेर समूह अनुसारको पालो अनुसार खोप सेवा लिन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।