काठमाडौं- आगामी फेब्रुअरी ९–१२ सम्म कतारमा सञ्चालन हुने भनिएको नेपाल र कतार बिचको बाइल्याट्रल टि–२० क्रिकेट सिरिज स्थगित भएको छ।
कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एशाेसिएसनको निमन्त्रणामा सञ्चालन हुने सिरिज कतारमा बढ्दो कोभिड–१९ असरका कारण कतार सरकारले स्पोर्ट्स डे मा हुने क्रिकेट सँगै अन्य सम्पूर्ण प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएसँगै स्थगित भएको हो।
सरकारले दिएको निर्देशनको पालना गर्दै कतार क्रिकेट एशाेसिएसनले नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता स्थगित भएको जानकारी गराएको छ।
अर्को आधिकारिक सूचना नआएसम्म नेपाल क्रिकेट संघले उक्त प्रतियोगिताका लागि तय गरेको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्प समेत स्थगित भएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ।
यसअघि आज (सोमबार) बाट बन्दप्रशिक्षण सुरु हुने गरी क्यानले १८ सदस्यीय खेलाडी छनोट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।