बुडापेस्ट--हंगेरीले कोरोना भाइरसविरुद्ध चिनियाँ खोप सिनोफार्म पनि प्रयोग गर्ने भएको छ। हंगेरीका सरकारी अधिकारीले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन्।
चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिएका छन्। हंगेकरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले शुक्रबार भने, 'राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टीच्युडले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ।'
यस बाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि यसअघि नै अनुमति दिइसकिएको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध अरु पनि खोप विकासका क्रममा छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंगलबार दिएको जानकारी अनुसार अहिले विश्वभर २३६ प्रकारका खोप विकास गरिएको छ भने तीमध्ये ६३ ओटा चिकित्सकीय परीक्षणको क्रममा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।