• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रधानमन्त्री कप : उपाधि जित्ने आ-आफ्नै दाबी

64x64
नेपाल लाइभ शुक्रबार, माघ १६, २०७७  १७:२३
1140x725

काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टिम एक–अर्कालाई पराजित गर्दै चौथो संस्करणको उपाधि जित्ने लक्ष्यमा छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुँदा प्रतियोगिताको रौनकता झनै बढ्नेछ।

बिहान ९ बजे सुरु हुने खेलमा दुवै टिम जित निकाल्ने लक्ष्यमा हुने छन्। २०१८ को प्रधानमन्त्री कप जितेको एपिएफ र उविजेता बनेको आर्मी फेरि फाइनलमा भेट भएका हुन्। त्यो बेला आर्मीलाई फाइनलमा ६ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको थियो। त्यही हारको बदला लिँदै आर्मीले एपिएफलाई पराजित गर्ने लक्ष्य बनाएको छ।

त्यसो त, जारी सिजनकै समूह ‘ए’ मा एपिएफ र आर्मी परेका थिए। समूह चरणमा ६ रनको हार ब्यहोर्दै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको आर्मी फाइनलमा भने एपिएफविरुद्ध नचुक्ने लक्ष्यमा छ। यता, एपिएफ भने आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि चुम्न चाहन्छ।

कप्तान विनोद भण्डारी विगतको नतिजालाई भन्दा पनि फाइनलमा के गर्ने हो त्यो कुरामा ध्यान दिनु पर्ने बताउँछन्। त्रिवि क्रिकेट मैदानमा प्रि-म्याच कन्फ्रेन्समा कप्तान विनोदले भने ‘एपिएफ राम्रो टिम हो। सन्तुलन मिलेको टिम हो। तर, बाहिरबाट हाम्रो टिममा सन्तुलन नमिलेको जस्तो देखेपनि त्यस्तो छैन।’

सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेका थिए।

यता, एपिएफका कप्तान शरद भेषवाकरले भने लामो समयपछि भएको प्रतियोगिताको फाइनलमा पुग्दा आफू धेरै खुशी रहेको बताए। उनले भने, ‘उत्साहित छु। फाइनल खेल्न जहिल्यै रमाइलो नै हुन्छ। त्यहिमाथि शनिबार फाइनल हुँदैछ। दर्शक पनि धेरै आउनु हुन्छ होला। लामो समयपछि प्रतियोगिता भएको छ। फाइनल राम्रो हुने अपेक्षा छ।’

सन् २०१७ मा भएको पहिलो संस्करणको उपाधि भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेका थिए। फाइनल खेलमा वर्षा बाधक बनेपछि राखेपले संयुक्तरुपमा विजेताको घोषणा गरेको थियो। २०१८ मा एपिएफले उपाधि जित्दा आर्मी भने उविजेता भएको थियो।

२०१९ को तेस्रो संस्करणमा भने पुलिसले उपाधि जित्यो। यो पटक पनि आर्मी पुलिससँग चार विकेटले पराजित हुँदै उपविजेता मै चिक्त बुझायो। लगातार दुई खेलमा उविजेता बनेको आर्मी यो पटक भने ट्रफि चुम्न चाहन्छ। विनोद भण्डारीकै शब्दलाई सापट लिने हो भने, एपिएफ सन्तुलित र बलियो टिम हो। जुनसुकै समयमा एक खेलाडीले खेल परिवर्तन गर्न सक्छन्। ओपनिङमा सुवास खकुरेल र आसिफ शेख आउँदा कप्तान शरद, सुमित महर्जन, सन्दीप जोरा लगायतका ब्याट्सम्यान छन्।

Ncell 2
Ncell 2

बलिङतर्फ बसन्त रेग्मी, भुवन कार्की, कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा लगायतका राम्रा बलरहरु छन्। तर, अलराउण्डर प्रदर्शन गर्दै आएका बसन्त रेग्मी भने घाइते छन्। यसले गर्दा फाइनल खेलमा टिम एपिएफलाई केही असर गर्छ कि भन्ने प्रश्नमा कप्तान शरदले बसन्तले खेल्ने सम्भावना धेरै रहेको बताए।

उनले भने, ‘उनको चोट सुधार भएको छ। भोलि बिहान फिट्नेश टेस्ट गरेपछि थाहा हुन्छ। उनले खेल्नु/नखेल्नु एकदमै महत्वपूर्ण हुन्छ। बसन्तको उपस्थिति टिमको लागि फाइदा पुग्नेछ।’

यता, आर्मीको टिम पनि निकै सन्तुलित छ। राम्रा ब्याट्सम्यानहरूको बाहुल्यता रहेको आर्मीमा उतिकै राम्रा बलरहरू छन्। लोकेश बम, अनिल मण्डल, हरि चौहान, कप्तान विनोद भण्डारी, रोहित पौडेल, भीम सार्की, राजेश पुलामी मगर जस्ता ब्याट्सम्यान छन्। सुसन भारी, शाहब आलम, हरि चौहान, विक्रम सोब र आकाश चन्द बलिङमा छन्।

विनोद भन्छन्, ‘फाइनलमा तयारी राम्रो नै छ। हरेक खेललाई नियाल्ने हो भने खेल व्यक्तिगत प्रदर्शनमा आइरहेको छ। एउटा खेलमा एउटा खेलाडीले अर्को खेलमा अर्को खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छौं।’

यो पटकदेखि भने प्रधानमन्त्री कपको पुरस्कार राशि नेपाल क्रिकेट संघ (क्यान) ले घटाएको छ। विगतका तीन संस्करणमा विजेताले २० लाख र उविजेताले १० लाख पाएका थिए। तर, यो पटक भने क्यानले पुरस्कार राशि आधा घटाउँदै विजेतालाई १० लाख र उविजेतालाई ५ लाख दिने निर्णय गरेको छ।

के भन्छन् टिम कप्तानहरु?

शरद भेषवाकर, कप्तान (एपिएफ क्लब)

कठिन परिस्थितिमा पनि खेल जितिरहेका छौं। चुनौतीको सामना गरिरहेका छौं। यसले के देखाउँछ भने टिम भोका छन् प्रदर्शन गर्नका लागि। सबैभन्दा खुशीको कुरा के लागिरहेको छ भने व्यक्तिगत प्रर्दशन भन्दा पनि सिंगो टिमले राम्रो खेलिरहेको छ। आशा छ फाइनलमा पनि राम्रो हुनेछ। सबैजना उत्साहित नै छन्। प्रतियोगिताको फाइनलसम्म पुग्नु नै खुशीको कुरा हो।

खुशी छु। उत्साहित पनि छु। फाइनल खेल्न जहिल्यै रमाइलो नै हुन्छ। त्यही माथि शनिबार फाइनल हुँदैछ। दर्शक पनि धेरै आउनु हुन्छ होला। लामो समयपछि प्रतियोगिता भएको छ। अब चाँडै अर्को प्रतियोगिता पनि होस्।

यो पटकदेखि प्रधानमन्त्री कपको पुरस्कार राशि आधा घटाउँदै विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख दिने निर्णय गरिएको छ। 

विभागीय टिमबाहेक अन्य टिमको पनि स्तर बृद्धि भएको छ। विभागीय भन्दैमा हराउनै सकिँदैन भन्ने केही पनि छैन त्यस्तो। बसन्त घाइते भएका थिए। उनको चोट सुधार भएको छ। भोलि बिहान फिट्नेश टेस्ट गरेपछि थाहा हुन्छ। उनले खेल्नु/नखेल्नु एकदमै महत्वपूर्ण हुन्छ। यत्रो वर्षको अनुभव छ। देशको लागि धेरै खेलहरू जिताउनु भएको छ। त्यसैले बसन्तको उपस्थिति टिमको लागि फाइदा पुग्नेछ। भुवन कार्की ठीक भइसक्यो। नेट अभ्यास गरिसक्यो।

म पनि प्रदर्शन गर्नको लागि एकदमै भोको (हंग्री) छु। सायद त्यो फाइनल खेलमा देखिन्छ होला। बिचमा हामीलाई समय मिलेको हुँदा घाइते भएका खेलाडीहरू फर्किएका छन्। त्यसैले फाइनल हाम्रो बेस्ट प्लेइङ इलाभेन हुनेछ। कमल मात्रै हैन पूरै बलिङ युनिटले टिमलाई जिताउन योगदान दिएका छन्। एकजनाको प्रदर्शनले मात्रै टिम फाइनलमा पुगेको होइन। यो टिम गेम हो। त्यसैले व्यक्तिगत भन्दा पनि यसले टिममा अर्थ राख्छ।

यसमा व्यक्तिगत उपलब्धि भन्दा पनि पछि गएर यो पल र टिम खुशीयाली कसरी मनाइएको थियो त्यो कुराहरू बढी याद आउँछ जस्तो लाग्छ। त्यो कुरा महत्वपूर्ण हो।

विनोद भण्डारी, कप्तान (आर्मी क्लब)
फाइनल तयारी राम्रो नै छ। हरेक खेललाई नियाल्ने हो भने खेल व्यक्तिगत प्रदर्शनमा आइरहेको छ। एउटा खेलमा एउटा खेलाडीले अर्को खेलमा अर्को खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छौं। हिजोको खेलमा के भयो भनेर सोचेर फाइदा हुँदैन। फाइनलमा के गर्ने भन्ने हो। प्रतियोगिता जति धेरै भयो त्यति हामी खेलाडीका लागि राम्रो  हो।

एक वर्ष प्रतियोगिता नै भएन। हामी सबैलाई प्रतियोगिता भए हुन्थ्यो भन्ने भइरह्यो। प्रतियोगिता भयो। फाइनलमा पनि पुगेका छौं। हामी सबै खुशी छौं। एपिएफ राम्रो टिम हो। सन्तुलन मिलेको टिम हो। तर, बाहिरबाट हाम्रो टिममा सन्तुलन नमिलेको जस्तो देखेपनि त्यस्तो छैन।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो
सम्बन्धित सामग्री
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ र... बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै आजको खेलमा नेपालले पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्