काठमाडौं- चलचित्र घिन्ताङले बाल कलाकारलाई अभिनयका लागि आह्वान गरेको छ। दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र घिन्ताङले कास्टिङ कल नाम दिएर बाल कलाकारको खोजीकार्य थालेको हो।
चलचित्रले ८ वर्षकी एक बालिका र ४ देखि ८ वर्षसम्मका चार बालकलाई अभिनयका लागि आह्वान गरेको हो। सामाजिक सञ्जाल मार्फत् निर्माण टोलीले बाल कलाकार खोजी गरेको बताएको हो।
फिल्ममा ऋषि धमलाकी पत्नी एलिजा गौतम र अभिनेता गौरव पहाडी मुख्य भूमिकामा देखिनेछन्।
श्रेष्ठले यसअघि पापी मान्छे-२, अजम्बरी माया, जीवन साथी, राम लक्ष्मण, आमाको आर्शिवादजस्ता दर्जनौं फिल्म बनाइसकेका छन्।
उनको यो फिल्म लामो समयको अन्तरालमा आउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।