काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले निर्धक्क भएर खोप अभियानमा सरीक हुन अुनरोध गरेका छ्न्। उनले नेपाल एसियाली मुलुकमा भारत पछिको कोभिड विरुद्वको खोप अभियान चलाउने दोस्रो देश भएको बताएका छन्।
उनले स्वास्थ्यकर्मीलाई जोखिम बढे जनता उपचार सेवा पाउनबाट बन्चित हुने भएकाले पहिला स्वास्थ्यकर्मीलाई खोप दिन लागेको बताए।
उनले भने ‘आज १२ हजार व्यक्तिले खोप पाउने छन्। आगामी १० दिनभित्र सबै लक्षित समुहले खोप पाउने छन्। आज १२० भन्दा बढी र भोलिदेखि ३०० बढी खोप केन्द्रबाट खोप अभियान सुरु हुनेछ।’
उनले खोप अभियान सलग्न सबैलाई धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।