काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा दिनेश काफ्लले कोभिड विरुद्धको खोप लगाएका छन्। सर्वप्रथम उनले खोप लगाएपछि शिक्षण अस्पतालमा खोप अभियान सुरु भएको छ।
उनले अस्पतालमा २ हजार जना रहेको जानकारी दिँदै आज अस्पतालका ३०० जना स्वास्थ्यकर्मीलाई खोप लगाउने जानकारी दिए। उनले खोप लगाउन नामवली संकलन गर्ने बताएका छन्।
उनले भने, ‘भोलिदेखि ४०० जनालाई दैनिक खोप लगाइने छ। हब शिक्षण अस्पताल कम्पेक्स भित्र रहेका मनमोहन, बिपी आँखा अस्पताल, कान्ति बाल अस्पताल, चिरायु अस्पताल, निसान अस्पताल, ताकेश्वर नगरपालिकाभित्रका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई खोप दिइने छ।’
यसैगरी पूर्व रेडियोलोजिस्ट कन्सल्ट्यान्ट नेत्रबहादुर अमात्यले पनि कोभिड विरुद्धको खोप लगाएका छन्। उनी ८० वर्षीय जेष्ठ नागरिक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।