काठमाडौं- अन्य दलबाट आएकाहरुको समायोजन गर्न गठित समितिबाट कांग्रेस नेता महेश आचार्यले राजीनामा दिएका छन्। उपसभापति विमलेन्द्र निधी संयोजक रहेको समितिबाट आचार्यले राजीनामा दिएका हुन्।
केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा आचार्यले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। आचार्य संस्थापनइतरका नेता हुन्।
अन्य दलबाट आएकालाई समायोजन गर्ने नाममा क्रियाशील सदस्यता जथाभावी केन्द्रबाट बाँडिएको भन्दै संस्थापनइतर असन्तुष्ट रहेको थियो। अन्य दलबाट आएकालाई प्रमुख पद नदिने गरि समायोजन समितिले मापदण्ड बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।