काठमाडौं- झण्डै ७ किलो लागूऔषध चरेशसहित दुई महिला काठमाडौंको रविभवनबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले दक्षिणकाली–७ कि ३७ वर्षीया रिता खड्का र धादिङको थाक्रे गाउँपालिका–९ कि २९ वर्षीया अमृता तामाङलाई सोमबार पक्राउ गरेको हो।
रविभवनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चरेशसहित उनीहरूलाई पक्राउ गरेको वृत्तका डीएसपी अपिलराज बोहराले बताए।
रिताले बोकेको झोलामा ३१२ ग्राम चरेश फेला परेको थियो। अमृताको झोलाबाट ४०४ ग्राम चरेश बरामद भएको थियो। योसँगै दुई थान मोबाइल र ५ हजार रूपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा उनीहरू चन्द्रागिरिमा डेरा गरी बस्ने गरेको खुलेको थियो। सो क्रममा रिताको कोठामा खानतलासी गर्दा केही पनि फेला परेको थिएन भने अमृताको कोठाबाट भने ६ किलो ९० ग्राम चरेश र ६ हजार ५७ हजार रूपैयाँ फेला परेको डीएसपी बोहराले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।